दफा १३
सुरक्षित गर्भपतन सेवा परामर्श समिति
ः
(१) सुरक्षित गर्भपतन सेवामा नेपाल सरकारलाई आवश्यक परामर्श उपलब्ध गराउन देहाय बमोजिमका अध्यक्ष तथा सदस्यहरू रहेको सुरक्षित गर्भपतन सेवा परामर्श समितिको गठन गरिएको छ ः–
(क) महानिर्देशक, स्वास्थ्य सेवा विभाग – अध्यक्ष
(ख) प्रतिनिधि, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय – सदस्य
(ग) प्रतिनिधि, नेपाल मेडिकल काउन्सिल – सदस्य
(घ) प्रतिनिधि, नेपाल नर्सिङ्ग परिषद् – सदस्य
(ङ) प्रतिनिधि, नेपाल स्वास्थ्य व्यवसायी परिषद् – सदस्य
(च) नेपाल सरकारबाट मनोनीत वरिष्ठ सर्जन – सदस्य
(छ) निर्देशक, श्री ५ इन्द्रराज्य लक्ष्मी परोपकार प्रसूति गृह – सदस्य
(ज) प्रतिनिधि, राष्ट्रिय महिला आयोग – सदस्य
(झ) अध्यक्ष, निजी नर्सिङ्ग होम एशोसियशन – सदस्य
(ञ) अध्यक्ष, स्त्री तथा प्रसूति रोग विशेषज्ञ संस्था – सदस्य
(ट) महिला तथा सुरक्षित गर्भपतन सेवा सम्बन्धी क्षेत्रमा कार्यरत गैर सरकारी संस्थामध्ये नेपाल सरकारबाट मनोनीत संस्थाको प्रतिनिधि – सदस्य
(ठ) कानुन अधिकृत, स्वास्थ्य मन्त्रालय – सदस्य
(ड) निर्देशक, परिवार स्वास्थ्य महाशाखा, स्वास्थ्य सेवा विभाग –सदस्य–सचिव
(२) समितिले कुनै विशेषज्ञलाई आवश्यकता अनुसार बैठकमा आमन्त्रित सदस्यको रूपमा आमन्त्रण गर्न सक्नेछ ।
(३) समितिको बैठक सम्बन्धी कार्यविधि समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।
(४) समितिको सचिवालयको काम विभागको परिवार स्वास्थ्य महाशाखाले गर्नेछ ।
(५) समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः–
(क) सुरक्षित गर्भपतन सेवा सम्बन्धी नीति, योजना तथा कार्यक्रम तयार गर्नको लागि नेपाल सरकारलाई आवश्यक सल्लाह,
सुझाव एवं सिफारिस उपलब्ध गराउने,
(ख) सुरक्षित गर्भपतन सेवा सरल र सहज ढङ्गबाट सञ्चालन गर्नको लागि सरकारी, गैसरकारी क्षेत्र तथा निजीक्षेत्र बीच समन्वय
कायम गरी सहजकर्ताको भूमिका निर्वाह गर्ने,
(ग) नेपाल सरकारले तोके बमोजिमको अन्य कार्य गर्ने ।
(६) समितिले आफ्नो कर्तव्य पालना गर्नको लागि विशेषज्ञहरू समेत रहेको आवश्यक संख्यामा उपसमितिको गठन गर्न सक्नेछ । त्यस्तो उपसमितिको काम, कर्तव्य तथा अधिकार तथा कार्यविधि समितिले निर्धारण गरे बमोजिम हुनेछ ।